१७ बैशाख २०८१, सोमबार

सुदूरपश्चिममा माओवादीद्धारा दलको नेता र मन्त्री परिवर्तनको प्रयास



धनगढी/ नेकपा ( माओवादी केन्द्र) का प्रदेश सभा सदस्यहरुले आफ्नो दलको नेता र सो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई हटाउने प्रयास थालेका छन् ।

सोही प्रयास अनुसार सभामुख भीमबहादुर भण्डारीसहितको टोली माओवादीका अध्यक्ष तथा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुलाई भेटेका छन् ।


अध्यक्ष र उपाध्यक्षले हाम्रो एजेण्डालाई सकरात्मकरुपमा लिनु भएको छ प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले बताए ।
अध्यक्ष र उपाध्यक्ष कमरेडलाई हामीले दल र सरकारमा शुद्धिकरण गर्नुपर्छ भनेका छौ उहाँहरु सकरात्मक हुनुहुन्छ रावलले भने ।

अध्यक्ष,उपाध्यक्षलाई भेट्न सभामुख भण्डारी, वन राज्यमन्त्री गीता माल, प्रदेश सभा सदस्यहरु अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, सरल, लक्ष्मी विकको सहभागिता थियो ।

बहुमत सदस्यहरु दलको नेता र मन्त्री परिवर्तन गर्नका लागि काठमाडौ पुगेपछि माओवादीभित्र हलचल मच्चिएको छ ।

काठमाडौ नजानेमा दलका नेता खगराज भट्ट, मन्त्रीहरु वनमन्त्री रमेशबहादुर धामी, सामाजिक विकासमन्त्री झपटबहादुर बोहरा र प्रदेश सभा सदस्य जानकीदेवी पौडेल कुँवर मात्र छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार