५ आश्विन २०८१, शनिबार

लागू औषध सहित एक जना पक्राउ




धनगढी/धनगढी उपमहानगरपालिका २ त्रिनगर ब्यारेल नजिकबाट पाँच ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोही वडाका १८ वर्षीय किशोरलाई बिहिबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट सो पदार्थ फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार