५ आश्विन २०८१, शनिबार

अबैंध भन्सार छलिका सामानसहित एक पक्राउ



धनगढी/ धनगढी उपमहानगरपालिका–३ ब्यारेल अगाडिबाट अबैंधरुपमा भारतबाट भन्सार छलि गरेर ल्याएका अन्दाजी मूल्य एक लाख ५५ हजार बराबरको गाडीका पार्टपूर्जाहरु सहित बिहीबार एक व्यक्तीलाई प्रहरीले पक्राउ परेको छ ।

डोटी शिखर नगरपालिका–१ बस्ने वर्षका ३० को पदमबहादुर साउँदसहित ब्लक होल्डर, ग्लयान्डर मेसिन,गाडीको हर्न,रेगुलेटर,फोर पिन रिले, टर्मिनल, बेरिङ्ग बरामद गरिएको हो ।

यसैगरी धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरेर ल्याएका अन्दाजी मूल्य रु। २४ हजार ४१० बराबरको प्याज, चिनी, गुडपापडी, सरप, पानीपुरी, बिडी लगायतका सामानहरु र धनगढी–९ त्रिबेणी घाटबाट अन्दाजी ९० हजार बराबरको पानी तान्ने मोटर बेवारिसे अबस्थामा फेला पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार