५ आश्विन २०८१, शनिबार

चमरा चौतारा समाजको साधारण सभा



धनगढी / चवरा चौतारा समाज धनगढीको १८ औ बार्षिक साधारण सभा आइतबार धनगढीमा सम्पन्न भएको छ ।

डोटीको चवराचौताराबाट बसाइ सराइ गरि धनगढी बसोबास गरिरहेकाहरुले गठन गरेको समाजको १८ औ साधारण सभाको प्रदेश सभा सदस्य तथा एमाले नेता धर्मराज पाठकले उदघाटन गरेका हुन ।

साधारण सभामा प्रदेश सभा सदस्य पाठक र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष अनुप कुमार उपाध्यायले शुभकामना दिएका थिए ।

सो अवसरमा समाजका आजीवन सदस्य ज्येष्ठ नागरिक तथा उत्कृष्ट बचतकर्ता मेघराज पाठक, धारुदेवी बम, शान्ति उपाध्याय, सेवा निबृत सरकारी कर्मचारी, टीकाराम मिश्र र राम बहादुर बम लगायतलाई सम्मन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार