१७ बैशाख २०८१, सोमबार

बालकुमारी घट्नामा मारिएका अछामका शाहको परिवारलाई दुई लाख क्षतिपूर्ति दिने



-मृतकका आफन्तद्धारा धनगढीमा प्रदर्शन, आठ बुँदे माग प्रस्तुत

धनगढी, पुस १५ गते/ सुदूरपश्चिम सरकारले शुक्रबार ललितपुरको बालकुमारी घट्नामा मारिएका अछामको चौरपाटी गाउँपालिकाका २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई क्षतिपूर्ति स्वरुप दुई लाख रुपियाँ दिने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले शाहको निधनले आफू दुखी भएको बताउदै परिवारजनको पीडामा मल्हम लगाउन दुई लाख रुपियाँ राहत दिने बताउनुभयो ।

यसैवीच शाहका हत्यारालाई कारवाहीको माग गर्दे धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अघि प्रदर्शन भएको छ ।

प्रदर्शनकारीले मृतकको शव अछाम पुगाउनु पर्ने, मृतकलाई शहिद घोषणा, परिवारलाई उचित क्षतिपूर्ति, आफन्तलाई रोजगारी र आमाबुवालाई पालनपोषण गर्नु पर्ने लगायतका आठ बुँदे माग राखेको मृतकका आफन्त भरतबहादुर शाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार