२३ बैशाख २०८१, आईतवार

नागरिक सहकारीको १३ औ साधारण सभा सम्पन्न



धनगढी / नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं साधारण सभाको शनिबार धनगढीमा भएको छ ।
सो सहकारीको साधारण सभाको सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले उद्घाटन गरे ।

सो अवसरमा नागरिक बचत तथा ऋण सहकारीका अध्यक्ष दिप्ती शाहीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।
अध्यक्ष शाहीका अनुसार सो सहकारीले गत आर्थिक वर्षमा पाँच करोड, ४९ लाख ३७ हजार १६६ रुपियाँ निक्षेप संकलन गरेकोमा सात करोड, ४२ लाख २९ हजार ९११ रुपियाँ लगानी गरेको बताइन ।

नागरिक बचत तथा ऋण सहकारीले गत आर्थिक वर्षमा १८ लाख ९ हजार ५६ रुपियाँ खुद नाफा गरेको छ । सो संस्थाको ७२ लाख ४० हजार ७०० चुक्ता पूँजी रहेको छ ।

सो अवसरमा तीन जना असल बचतकता र तीन जनालाई उत्कृष्ट कर्जा कारोवार गर्नेलाई सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार