२३ बैशाख २०८१, आईतवार

शुक्लाफाँटामा मुक्त कमैया महिला विकास मञ्चको सामाजिक परीक्षण



कलुवापुर/ मुक्त कमैया महिला विकास मञ्च कैलालीले कैलाली र कञ्चनपुर जिल्लाका मुक्त कमैयाहरुको सामाजिक, आर्थिक अधिकार पर्वद्धनका लागि साझेदारी कार्यक्रमको सामाजिक परीक्षण गरेको छ ।

आइतबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा दातृ निकाय एफसिए नेपालको सहयोगमा सञ्चालित सो परियोजनाको सामाजिक परीक्षण गरिएको हो ।

शुक्लाफाँटा नगरपालिकाका मेयर रणबहादुर महराको उपस्थितिमा भएको सो कार्यक्रममा नगरका कार्यपालिका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

सो परियोजनाको अन्त्यमा दुई सय जना समुह सदस्यहरु स्वरोजगार भएर नयाँ व्यवसाय स्थापना गर्ने लक्ष्य लिइएको छ । परियोजनाको अन्त्यमा कम्तिमा दुई हजार ५∞ उद्यमीहरुको बजारका संकलनकर्ता र खरिदकर्ताहरुसंगको सम्बन्धमा सुधार भएको हुने छ ।

यस्तै गरेर व्यवसायिक तालिम प्राप्त गरेका सात हजार सदस्यहरुले व्यवसाय स्थापना गरेको हुने लक्ष्य लिएको सो अवसरमा बताइएको थियो ।

शुक्लाफाँटाका वडा नम्बर ८ र ९ नौखरी मुक्त कमैया वस्तीका १२ जना महिलाहरुलाई तरकारी खेतीको लागी पोलीहाउस र २५ जनालाई तरकारीको बिउ सहयोग गरिएको छ जसवाट एक सिजनमा २५ देखि ५० हजार सम्म आम्दानी गर्न सफल भएको दावी सामाजिक परीक्षणमा गरिएको थियो ।

वडा नम्बर ८ र ९ का ८ घरधुरीलाई स्थानीय जातका कुखुरा पालनका लागि कुखुराको खोर सहयोग गरिएको, परियोजनाको सहयोगबाट १९ घरधुरी मुक्त कमैयाहरुले परियोजनाको सहयोगमा खोर निर्माण गरेर बंगुर पालन गरिरहेको, २८ जना मुक्त कमैया वालवालिकाहरु छ महिने कोचिङ कक्षामा सहभागी गराएर पढाइमा निरन्तरता दिलाएको सामाजिक परीक्षण रिपोर्टमा उल्लेख छ ।

वडा नम्बर १ ,८, ९ र १२ का ४४ जना मुक्त कमैया बालिकाहरुलाई पाँच हजार र तीन हजार नगद र दुई हजार वरावरको स्टेशनरी सहयोग गरिएको छ । शुक्लाफा“टा नरपालिका वडानं ८ नौखरी कृषि सहकारी वाट १५७ शेरसदस्यहरुले बिना धितो ऋण लिएर व्यवसाय संचालन गरिरहेको, शुक्लाफाँटाका वडा नम्बर ८ मा रिफलेक्ट कक्षाको सहयोगबाट सचेतिकरण गरिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार