५ आश्विन २०८१, शनिबार

एमाले अध्यक्ष ओलीमाथि आफ्नै प्रदेशमा मुक्का प्रहार



धनकुटा/ मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् ।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा सोही ठाउँका महेश राईले ओलीमाथि मुक्का प्रहार गरेका हुन ।

ओलीको स्वागतमा लाइनमा बसेकाहरुको बीचबाट गएका राईले ओलीलाई मुक्का प्रहार गरेका हुन् ।
राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका कारण ओलीलाई कुनै चोटपटक लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार