१६ बैशाख २०८१, आईतवार

सदस्यको हितमा नवजीवन



सुदूरपश्चिमकै ठूलो नवजीवन सहकारी संस्थाले शेयर सदस्यलाईलाई लाभांशका सदस्यको हित हुने काममा जोड दिएको छ । सहकारीले सदस्य सुत्केरी भएका दुई पटकसम्म पाँचपाँच हजार, सदस्यको मृत्यू भएका परिवारलाई २० हजार, सदस्य बिरामी भएमा चिकित्सकको सिफारिसमा १० हजारदेखि ३५ हजार रुपियाँ र सदस्यको अङ्ग प्रत्यारोपण गर्नुपरेमा एक लाखसम्म सुविधा दिने नीति लिएको छ । शेयर सदस्य हितकोषबाट प्रदान गरिने संस्थाको यस्तो कोषमा एक करोड २७ लाख रुपियाँ रहेको महाप्रवन्धक डम्बरसिंह गुरु बताए ।

३२ हजार ७६५ जना शेयर सदस्य रहेको नवजीवनको शेयर पूँजी २८ करोड २४ लाख ५४ हजार रहेको छ भने गत वर्षको खुद् मुनाफा १२ करोड ४८ लाख ६२ हजार रहेको छ । मुनाफालाई विभिन्न १२ वटा कोषमा बाँडेर बचेको ३ करोड २६ लाख ५१ हजार रुपियाँ शेयर सदस्इलाई १२ प्रतिशतका दरले लाभांश बाँडने भएको छ ।

शेयर सदस्य यमबहादुर बम सहकारीले सबै शाखामा झवन बनाइ सकेको, खाद्य गोदामसहित खाद्यान्न खरिदबिक्री गरिरहेको र मिल सञ्चालन गर्ने कार्यत्रमले शेयर सदस्यलाई सहयोग पुग्ने अपेक्षा गदै सदस्यका लागि व्यवसायिक योजना र स्वास्थ्य बीमा जस्ता कार्यक्रम ल्याउनुपर्ने बताउछन् । अर्का सदस्य जनक चौधरी देशमा आर्थिक मन्दी भैरहेका बेला पनि सहकारीले लाभांश बाँडेर सदस्यको हितका कार्यक्रम ल्याउँदा सहकारीप्रति विश्वास बढेको बताउछन् ।

शेयर सदस्यको हितमा काम गर्ने सहकारी भएकाले पछिल्ला वर्षहरू भाका नाघेको ऋणीको सम्पत्ती लिलामी नगरेको बरु नाफा घटेकाले शेयर सदस्यलाई लाभांश कम भएको संस्थाका अध्यक्ष देवबहादुर वम बताउछन् । उनले भने, ॅआउँदो वर्ष स्वास्थ्य शिक्षामा प्राविधिक छात्रवृति दिने र स्वास्थ्य शिबिरहरू सञ्चालन गर्ने योजना रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार