३ जेष्ठ २०८१, बिहीबार

पदयात्राको उद्घाटन गर्न जानका लागि एमाले अध्यक्ष ओली धनगढीमा



धनगढी / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सो पार्टीले मङ्सिर १४ गते विहान ८ : ३० बजे बैतडीको झुलाघाटबाट शुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राको उद्घाटन गर्नका लागि धनगढी पुगेका छन् ।

काठमाडौबाट जहाजमा मंगलबार साँझ धनगढी आएका ओली बुधबार बिहान बैतडीका लागि हिड्ने छन् । झुलाघाट–चिवाभञ्ज्याङको करिब एक हजार ८७९ किलोमिटर छ  सो अभियानले छिचोल्न एमालेले तीन साता खर्चिने छ ।

एमाले अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू धनगढी पुगेका छन् ।
अध्यक्ष ओली सकेसम्म बैतडीबाट सुर्खेतसम्मको झण्डै पाँच सय किलोमिटरको चार दिने यात्रा सडक मार्गबाटै गर्ने बताइएको छ ।
ओलीले मंगलबार साँझदेखि अबेर रातिसम्म धनगढीको रुवस होटलमा बसेर बुद्धीजिवि, प्राध्यापकदेखि एमाले नेता, कार्यकर्ता भेटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार