१६ बैशाख २०८१, आईतवार

धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुने



धनगढी/ सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी एवम् प्रमुख व्यापारिक केन्द्र धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ ।

कैलाली उद्योग वाणिज्य संघले आउँदो मङ्सिर २२ देखि पुस २ गतेसम्म यहाँ महोत्सव आयोजना गर्न लागेको हो । व्यापार व्यवसाय प्रवद्र्धनका साथै कला, संस्कृति, पर्यटन सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ १७ औं संस्करणको महोत्सव आयोजना गर्न लागेको संघले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

समृद्ध सुदूरपश्चिम बनाउने अभियानको रुपमा संघले २०६४ सालदेखि सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ । यस वर्षको महोत्सवमा कृषि, जडिबुटी, अटोमोवाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिक्स, सूचना प्रविधि लगायतको गरेर ४०० वटा स्टल रहने संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । उनले महोत्सव आयोजनामा दुई करोड खर्च हुने र महोत्सव अवधिभरि १० करोड रुपियाँको कारोबार हुने जानकारी दिए ।

करिब पाँच लाख दर्शकले महोत्सवको उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ । यो महोत्सव सुदूरपश्चिम प्रदेशको आर्थिक विकासका लागि सम्भावनाको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, भाषाको संरक्षणमा कोसेढुङ्गा सावित हुने आयोजकले जानकारी दिएको छ ।

पशुपति टोलस्थित मैदानमा आयोजना हुने महोत्सवको धमाधम तयारी भइरहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार