२० बैशाख २०८१, बिहीबार

आन्दोलनको लक्ष्य के, उपलव्धी के भयो ?



दुर्गा प्रसाईले राम्रो झापाको विर्तामोडबाट नेपालमै नमुना स्वास्थ्य सेवा दिन खोजेका छन् । दलका नेताहरुले त्यसलाई मान्यता दिने आश्वासन दिएको दावी विगतमा उनले गरेका थिए । गोविन्द केसी नामका एक डाक्टरको अनशनलाई बहाना देखाएर उनको संस्थालाई मान्यता नदिनु दुर्भाग्य हो ।

उनको संस्थालाई मान्यता दिएको भए धेरै नेपालीहरु नेपालमै डाक्टर र नर्सिङ पढ्न पाउथे, नेपालको पैसा नेपालकै रहन्थ्यो तर त्यसमा नेता र प्रशासनिक नेतृत्व चुकेको छ । अझै पनि प्रसाईको संस्था र मनमोहन मेडिकल कलेजलाई मान्यता दिनुपर्छ ।

यिनै प्रसाईले त्यही संस्थाले मान्यता नपाएको आडमा सोझासाझा नेपालीको भावनामा खेलवाड गर्नु राम्रो होइन । विना काम गरिबलाई काठमाडौमा उतार्नुको के अर्थ छ र ? फेरि बन्दका कुरा आएका छन् यो झन गलत काम हो । यस्ता आन्दोलनले व्यक्तीको मात्र होइन देशकै समय बरबाद गर्छ । बरु प्रसाईले आफ्नो त्यो संस्थालाई मान्यता दिन अझै प्रयास गर्नुपर्छ, दवाव दिनुपर्छ, जनताले पनि साथ दिनुपर्छ , त्यस्तै परे कानुनी उपचार पनि खोज्नुपर्छ ।

तर जनता भड्काउन लाग्नु हुन्न । नेपालमा धेरै खालका समस्या छन् । हामीसंग निर्णय क्षमता छैन, विकास र गरिवी अन्त्य गर्ने र रोजगारी सृजना गर्ने योजना छैन । हाम्रा धेरै दलको लक्ष्य भनेको चुनावदेखि चुनावसम्म मात्रै हो भन्ने जस्तो देखिन्छ । त्यस्तो हुनुमा पनि दलको बाध्यता होला नत्र विकास गर्न र गरिबी अन्त्य गर्ने चाहना कसको नहुँदो हो ।

समस्या नेपालमा होइन अन्तै छ बरु राजनीतिक दल र प्रसाई सहितका नेपालीले समस्याको जरो खोज्नुपर्छ र त्यसको उपचारका लागि जनताको साथ लिनुपर्छ । यस्ता उदेश्यविहीन आन्दोलन गर्नुको कुनै तुक छैन । कतैकतै सुनिए जस्तो यस्ता आन्दोलनले राजतन्त्र ल्याउन सक्दा पनि सक्दैन त्यो आवश्यक पनि छैन ।

त्यसैले नेपालको विकास नहुनुको मुख्य कारण के हो त्यसमा बहस चलाएर त्यो प्रबृत्तिका विरुद्ध आम नेपाली एक आवाज बनाएर अघि बढ्नुपर्छ । त्यो वाधक पत्तो नलाग्दासम्म जुनसुकै व्यवस्था आए पनि जनताको जीवन परिवर्तन हुदैन, देशको स्वाभिमान बच्दैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार