१० श्रावण २०८१, बिहीबार

घोडाघोडीमा पर्यटनमन्त्रीको अनुगमन,प्रदेश मातहत राखेर विकास गर्न स्थानीयको माग




सुखड/ विश्व रामसार क्षेत्रका सुचिकृत कैलालीको घोडाघोडी क्षेत्रमा सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा स्थानीय राजनीतिक दल तथा अगुवाहरुले घोडाघोडीलाई प्रदेश मातहत ल्याएर विकासका काम अघि बढाउन मन्त्री धामीलाइ सुझाव दिएका छन ।

आज घोडाघोडी तालको अनुगमनका क्रममा सम्बोधन गर्दै मन्त्री धामीले घोडाघोडी विकासको पर्खाईमा रहेको र जति हुनुपर्ने हो त्यति विकास हुन नसकेको बताए ।

पर्यटकिय क्षेत्रको दृष्टिकोणले हेर्दा घोडाघोडी सुदुरपश्चिमकै पहिलो पर्यटन क्षेत्र रहेको बताउदै धामीले भने, घोडाघोडीमा बहुआयामिक क्षेत्रहरु छ्न यो क्षेत्र सुदुरपश्चिममै पहिलो प्राथामिकतामा पर्छ यसको विकासका लागि सबै जना स्थानीय एकजुट हुन आवश्यक छ ।

घोडाघोडी आर्थिकरुपमा पनि निकै महत्वपूर्ण रहेको बताउदै धामी भन्छन, आन्तरिक श्रोतहरु छन,त्यसलाई व्यवस्थित बनाउदै लैजानुपर्छ । राज्यको लगानी भएको छ तर एकद्वार प्रणालीबाट व्यवस्थित भएको देखिदैन । आएका श्रोतहरुलाई सहिरुपमा लगानी गर्नुपर्ने उनको भनाई थियो ।

घोडाघोडीका स्थानिय एकबद्ध भएर लाग्नुपर्ने बताउदै उनले भने, एकबद्ध भएनन् भने अझै पनि यहाँको विकास हुन सक्दैन । सबै मोडेलमा प्रदेश सरकार घोडाघोडीसङ्ग सहकार्य गरि विकासका लागि अगाडि बढ्ने उनको भनाई थियो ।

अनुगमनका क्रममा सुझाव राख्दै नेकपा (एमाले ) का जिल्ला कमिटि सदस्य तारा सुवेदीले माथिल्लो निकायले घोडाघोडी ताललाइ नियमन गरेर संघिय सरकारको समन्वयमा प्रदेशले नै पर्यटकिय विकास बोर्ड गठन गर्नुपर्ने बताए ।

व्यक्तिगत स्वार्थ भन्दामाथि उठ्न नसकेकाले घोडाघोडीको विकास हुन नसकेको बताउदै सुवेदीले भने, ढिलो गरेर कमि कमजोरीहरुलाई सुधारेर लैजानुपर्छ ।

घोडाघोडीको बिकासका लागि धेरै रकम खर्च गरेर मास्टर प्लान बनिसकेको बताउदै माओवादीका घोडाघोडी नगर कमिटी अध्यक्ष खगेन्द्र हमालले भने, सोही मास्टर प्लान अनुसार अगाडि बढ्नुपर्ने बताए ।

घोडाघोडी ताल प्रदेशको गौरवको कुरा रहेकाले प्रदेश मातहतमा ताललाई लैजानुपर्नेमा उनको जोड थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ घोडाघोडी नगर अध्यक्ष रमेश बस्नेतले एकद्धार प्राणालीबाट घोडाघोडीको विकास गर्नुपर्ने बताए । घोडाघोडीमा संकलन भएको राजश्वको खर्चको विवरण पनि सार्वजनिक गर्नुपने उनको भनाई थियो ।

घोडाघोडी अनुगमनमा आएका मन्त्री धामिको घोडाघोडी मन्दिरका बटुकले स्वस्ति वाचन गरेर स्वागत गरेका थिए भने संरक्षणकर्मी दीपक शाहले घोडाघोडीको इतिहास बारे जानकारी दिएका थिए । अनुगमनमा मन्त्री टोलीसंगै डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख रामबिचारी ठाकुर पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार