१९ भाद्र २०८१, बुधबार

अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते



अछाम/ अछामको कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ५५४५ नम्बरको टेम्पो गएराति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नम्बर २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा परी कमलबजार वडानम्बर ४ का लक्ष्मण थापा, सोही वडाका दिनेश साउद, वडा नम्बर ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन्। उनीहरुको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार