२० बैशाख २०८१, बिहीबार

तिहारको शुभकामना : सभ्य र भव्यरुपमा मनाऔ, संस्कृति जोगाऔ



हिन्दुहरुको महान चाड दिपावली (तिहार) आज शनिबारदेखि शुरु भएको छ । छ दिनसम्म चल्ने यो चाड मनाएर संस्कतिको जगेर्ना गर्न जरुरी छ । हामीले संस्कृति बचाउन नसके हामीसित संस्कृति र परम्परा रहदैनन् अनि हामीले एकपछि अर्को संस्कृति छोडेदै जाँदा कुनै दिन संस्कृति विहिन मानिस बन्न जान सक्छौ ।

संसारभर आफ्ना संस्कृति जोगाउने लहड चल्न थालेको छ । हामीले पनि आफ्ना संस्कृति बचाउन कुनै कसर बाँकी राख्नु हुन्न । संस्कृति जबरजस्ती गरेर बचाउन सकिदैन बरु संस्कृति बचाउनका लागि केही सहजता अपनाउनुपर्छ । खासगरेर भड्किला चालचलन जसले परम्परा वा संस्कृति बचाउन मद्धत गर्देनन् । यस्ता परम्परा र संस्कृति एक सामान्य मानिसले समेत मनाउन सक्ने खालको वातावरण बनाउन सबै खालका नागरिकले मद्धत गर्नुपर्छ । तिहारमा खेलिने तास, देउसीभैलो, रक्सी, मासु, भाइटीकामा हैसियत भन्दा बढी खर्च गर्नुपर्ने प्रचलन अन्त्य गर्नुपर्छ ।

यस्ता चलनलाई सामान्यीकरण गरेर सहज तरिकाले मनाउन सक्ने बनाउनैपर्छ । हामीले भड्किला कुराको देखासिखी धेरै गर्छो तर त्यस्तो छोडेर कसले सामान्य तरिकाले तिहार लगायतका चाडपर्व मनाउछ त्यही हेरेर देखासिखी गर्नुपर्छ । अझ हामीले लोप हुँदै गएको पिङ (माली) खेल्ने, व्यस्तताले भाइटीका लगाउन दिदीबहिनीका नपुग्ने अवस्थालाई कायम गर्ने प्रयास गरौ ।

खर्चिलो जुवातासको अन्त्य गरेर केही रचनात्मक काम गरौ । रातभर तास,खेल्ने रक्सी खाने अनि झगडा गरेर सामाजिक सद्भाव र शान्तिमा खलल पुुगाउन छोडौ । अनावश्यकरुपमा देउसीभैलो खेलेर पैसा संकलन गरेर पिकनिक मनाएर, रक्सी खाएर पैसा सक्नु भन्दा विभिन्न खालका दुःखमा परेर दुःख पाएर बसेकालाई सहयोग गरौ । दिदीबहिनीले अनावश्यक उपहार खोजेर कमजोर अवस्था दाजुभाइलाई अप्ठेरोमा नपारौ ।

अनावश्यक खर्चले लक्ष्मी आउदिनन् । बरु कम खर्च गरेर कम भड्किलो बनाएर तिहार मनाउदा लक्ष्मी बचेर रहन्छिन र अन्य आवश्यकता पूरा गर्न मद्धत पुग्छ भन्ने सोच बनाऔ । त्यसैले हामी सबैले तिहार लगायतका चाड सहजरुपमा मनाएर यसको महत्व बचाउन लागौ । सभ्य, भव्य र सौहार्दपूर्ण तिहारका लागि सबैलाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार