२ जेष्ठ २०८१, बुधबार

सत्ता भित्रको खिचातानीले नै सरकारको भविश्य निर्धारण हुन्छ : एमाले सचिव विश्वकर्मा



धनगढी/ नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सरकार परिवर्तनमा आफ्नो पार्टीको रुची नरहेको बताएका छन् ।

शुक्रबार धनगढीमा भएको पत्रकार भेटघाटमा उनले भने सरकार हाम्रो चाहनाले भन्दा पनि सत्ता गठवन्धन भित्रको खिचातानीले परिवर्तन हुने बताउदै मुख्यगरेर काँग्रेसले प्रचण्डलाई कहिलेसम्म बोक्ने भन्ने हो ।

फरक प्रसंगमा उनले भने अहिले हरेक क्षेत्र अस्तव्यस्त बन्न थालेको बताउदै त्यसको जिम्मेवारी ठूलो पार्टीको हिसावले नेपाली काँग्रेसले लिनु पर्ने बताए ।

प्रतिनिधि सभा सदस्य समेत रहेका नेता विश्वकर्माले गेटा मेडिकल कलेज सञ्चालन हुनुपर्ने धारण राख्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शिक्षामन्त्रीलाई बोलाएरै छलफल गरेको बताए । उनले गेटाको सञ्चालनका लागि प्रतिनिधि सभामा समेत आवाज उठाउने बताए ।

सुदूरपश्चिम क्षेत्र स्वाभिमानी र मेहनती क्षेत्र भएको बताउदै यो क्षेत्रका नेता मुलुकका मुख्य जिम्मेवारीमा पुग्दा पनि यो प्रदेशको विकास नहुनु दुःखद भएको बताए । यहाँ विकासका धेरै सम्भावना छन् एमालेले ती सवालमा ध्यान दिएर काम पनि गर्ने छ उनले भने ।

नेता विश्वकर्माले यही असोज २२ र २२ एमालेको पहिलो प्रदेश अधिवेशनले सर्वसम्मतरुपमा नेतृत्व छान्ने चर्चा गर्दे त्यसको लागि गृहकार्य भइरहेको बताए । सर्वसम्मतीका लागि विभिन्न तहका नेताहरुसित छलफल गरिरहेको उनले बताए ।


धनगढीमा हुने सो अधिवेशनको एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार