४ जेष्ठ २०८१, शुक्रबार

संसदीय समितिका सभापतिको निर्वाचन स्थगित




धनगढी/ सुदूरपश्चिम प्रदेश सभाका संसदीय समितिहरुका सभापतिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।

आइतबार मात्रै आगामी शुक्रबार ( असोज १२) गतेका लागि सभापतिहरुको चुनावको कार्यतालिका प्रकाशित गरिएको थियो ।
प्रदेश सभाका सचिव देवहादुर बोगटीले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित भएको सूचना प्रदेश सभा सदस्यहरुलाई पठाएका छन् ।

कारण के हो थाहा छैन समितिका सभापतिको चुनाव स्थगित भएको सूचना मोवाइल म्यासेज आएको प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले बताए ।

सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा आइतबार निर्वाचन कार्यतालिका सार्वजनिक भएको थियो । कार्यतालिका अनुसार असोज ११ गते विहीबार नै मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता लगायतका काम पूरा गर्ने उल्लेख थियो । यस्तै गरेर असोज १२ गते शुक्रबार दिउँसो ११ बजे सभापतिको चुनाव गर्ने भनिएको थियो ।

मिनी पार्लियामेन्ट मानिने संसदीय समितिहरु प्रदेश सभाको बैठक बसेको आठ महिना पुग्दा समेत सभापतिविहीन रहेका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास गरी चार वटा संसदीय समितिहरु रहेका छन् । चार वटामध्ये सार्वजनिक लेखा समितिको सभापति भने प्रतिपक्षी दलबाट रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार