२२ भाद्र २०८१, शनिबार

डिपिनेटको प्रदेश संयोजकमा फेरि बस्नेत



धनगढी/ प्रकोप पूर्व तयारी सञ्जाल नेपाल (डिपिनेट) सुदुरपश्चिम प्रदेशको संयोजकमा फाया नेपालका पूर्वअध्यक्ष शेरबहादुर बस्नेत फेरि चुनिएका छन् ।

डिपिनेटको सुदुरपश्चिम स्तरिय भेलाले सोमबार बस्नेतको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति बनाएको हो । समितिमा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका प्रकोपमा काम गर्ने संस्थाको प्रतिनिधित्व कायम गरिएको छ ।

कार्यक्रममा प्रकोप पूर्व तयारी सञ्जाल नेपाल (डिपिनेट) का केन्द्रीय कार्यवहाक अध्यक्ष डा. राजु थापाको समेत उपस्थिति थियो । सो अवसरमा डा. थापाले मानविय कार्यमा नागरिक समाज र डिपिनेटको भूमिका बारे प्रस्तुती पनि गरेका थिए ।

संयोजक बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन फायाका क्षमता सुदृढीकरण संयोजक सच्चिदानन्द जोशीले गरेका थिए । कार्यक्रममा उपभोक्ता हीत संरक्षण मञ्च, नेपालका केन्द्रीय उपाध्यक्ष धनपति ढुंगेल, अधिकारकर्मी क्रिम चौधरी, सावित्रा घिमिरे, हर्कबहादुर ओली, राष्ट्रिय अपांग महासंघका पूर्व प्रदेश अध्यक्ष भीमबहादुर शाह लगायतले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार