१५ बैशाख २०८१, शनिबार

धनगढी उपमहानगरको नागरिक सहभागिता सम्वन्धी नीति २०८० लोकार्पण



धनगढी/ सार्वजनिक वित्त व्यवथापनमा नागरिक सहभागितालाई महत्वका साथ अघि बढाउन धनगढी उपमहानगरपालिकाले नागरिक सहभागिता सम्बन्धि नीति २०८० र नागरिक बजेट २०८०/८१ को लोकार्पण गरेको छ । उपमहानगरको नवौं स्थापना दिवसको अवसरमा असोज १ गते प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री एवं स्थापना दिवसका प्रमुख अतिथि प्रकाशबहादुर देउवाले लोकार्पण गरेका हुन ।

आमनागरिहरु पनि यस उप–महानगरपालिकाको नीति तथा कार्यक्रमको साथै बजेट बारे सचेत हुन आवश्यक रहेकाले यस आर्थिक वर्ष २०८०/८१ देखि नागरिक सहभागितामा बजेटको निर्माण कार्यको थालनी धनगढी उप–महानगरपालिकाले गरेको छ ।

सार्वजनिक वित्त व्यवथापनमा नागरिक सहभागिता र नागरिक बजेटको निर्माणमा यूरोपियनयुनियन, युनिसेफ लगायत मित्र समाजलाले सहयोग पुर्याएको छ । यसको कार्यान्वयनका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा धनगढी उप–महानगरपालिकाले गरेको छ । लोकार्पण कार्यक्रममा पेफा सचिवालय सदस्य सचिव गोकुल बास्तोलाले सार्वजनिक बित्त ब्यबस्थापनको औचित्यबारे जानकारी गराएका थिए । उनले निति निर्माण र बजेट निर्माणमा नागरिकको किन आवश्यकता छ भन्ने बारेमा बताएका थिए ।

नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन, २०७४ ले दिएको काम, कर्तव्य र अधिकारका आधारमा धनगढी उप–महानगरपालिकाको दशौँ नगर सभाले आ।व। २०८०/०८१ को वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गरिसकेको छ ।

स्थानीय सरकारको अधिकार र मर्मलाई बुझेर उप–महानगरपालिकाले आमनागरिक –अपाङ्गता भएका अल्प–संख्यक व्यक्तिहरु तथा महिला र बालबालिका सहित०, वडा समिति, बजेट निगरानी समूह,विभिन्न विषयगत समिति कार्यपालिका, विषयविज्ञ, आमसंचार जगत, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, भुतपूर्व राष्ट्रसेवक कर्मचारी, शिक्षक, व्यापारी वर्गसंग आवश्यक परामर्श र सुझाव लिएर नीति तथा कार्यक्रम संगै आ।व। २०८०/०८१ को वार्षिक बजेट तर्जुमा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार