८ कार्तिक २०८१, बिहीबार

प्रदेशको राजधानी सार्ने कुरा जनता विरोधी हो, स्वीकार्य हुँदैन : भट्ट



धनगढी / नेकपा (एमाले) का केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले प्रदेशको राजधानी सार्ने कुरा जनता विरोधी भएकाले स्वीकार्य नहुने बताएका छन् । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजधानी सार्न सकिने भन्दै दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै नेता भट्टले राजधानी सार्ने कुरा स्वीकार्य नहुने बताएका हुन् ।

मुख्यमन्त्रीको अभिव्यक्ति अचम्म र गैरजिम्मेवारपूूर्ण रहेको टिप्पणी समेत भट्टको थियो । मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले दुई तिहाइ बहुमतले पारित गरेको गोदावरीमा प्रदेशको राजधानी बनाउने कुराको विकल्प खोज्ने कसरी भन्नुभयो । यो अचम्मको र गैरजिम्मेवार पनि छ,’ भट्टले भने, उहाँ हिजोको संसदले पारित गरेको निर्णयको विपरीत बोल्नुभएको छ । कांग्रेसको आफ्नो चरित्र देखाउनुभएको छ ।

अत्तरियास्थित निवासमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गरेका भट्टले अहिलेको सरकार र संसद अघिल्लोकै निरन्तरता भएकाले यसअघि भएका निर्णयको अपनत्व लिएर अघि बढ्नुपर्ने बताए । कुनै पनि निर्णय गरिसकेपछि कार्यान्वयन गर्ने दायित्व हुन्छ । अहिलेको सरकार हिजोको सरकारको निरन्तरता हो । हिजोको सरकार र संसदले गरेको सबै किसिमका निर्णय नमान्ने हो भने ती बनाएका नीतिहरु, योजनाहरु कानूनहरु फेरि उहाँहरुले आफू अनुकुल बनाउने त्यो हुँदैन । कुनै पनि मुलुकमा जसले प्रजातन्त्र लोकतन्त्रमा विश्वास गर्छ त्यसले यस्ता अभिव्यक्तिहरु दिदैन भन्ने लाग्छ,’ भट्टले भने ।

प्रतिनिधिसभा निर्वाचनका बेला आफ्ना प्रतिस्पर्धी रहेका प्रतिनिधिसभा सदस्य बिरबहादुर बलायरले ६ महिनाभित्र राजधानी निर्माण गर्छु भनेर मतदातालाई आश्वासन दिएपनि अहिले आफूूले बोलेको कुरा र जनताको चाहाना विपरीत गएको आरोप समेत लगाएका छन् । सबैतिर जनता र जनघनत्व बढि हुुन्छ क्षेत्रलाई नै राजधानी बनाउने अभ्यास रहेको पनि उनको भनाई थियो ।

तत्कालीन अवस्थामा आफू पनि संघीय सरकारमा प्रतिनिधित्व गर्ने समयमा प्रदेश सरकारले समयमै जग्गाको भोगाधिकारको प्रक्रिया अघि नबढाउदा काम गर्न नसकिएको उनी बताउँछन् । त्यो बेलाको प्रदेश सरकारले पनि विशेष चासो दिएर राजधानी निर्माणका लागि जुन पहल गर्नुपर्ने थियो त्यो गरेन । प्रस्तावहरु समयमै लैजानुपर्ने थियो त्यो हुन सकेन,’ उनले भने, हामी प्रक्रियामा अघि बढिरहेका बेला हाम्रो पार्टी सरकरबाट बाहिरियो त्यसपछि हामीले पहल गर्न नसकेको कुरा यर्थाथ हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरीमा तोकिएको प्रदेशको राजधानी सार्न सकिने अभिव्यक्ति दिएपछि सुुदूरपश्चिममा पक्ष र विपक्षमा टिप्पणी भइरहेको छ ।

सचिव भट्टको भनाई जस्ताको त्यस्तै
मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले दुई तिहाइ बहुमतले प्रदेशसभाबाट पारित गरेको गोदावरीमा प्रदेशको राजधानी बनाउने कुराको विकल्प खोज्ने कसरी भन्नुभयो रु यो अचम्मको र गैरजिम्मेवार पनि छ । जहाँ जनता र जनघनत्व बढि हुन्छ राजधानी त्यही बनाउने प्रचलन रहेको छ । आज काठमाडौँमा नेपालको ४० लाख भन्दा बढि जनसंख्या बसोबास गरिरहेको छ ।

कांग्रेसकै प्रतिनिधिसभा सदस्यले हिजोका सांसदले केही गर्न सकेन छ महिनाभित्र यहाँ राजधानी निर्माण गर्छु बनाउछु भनेर चुनावी भाषण दिनुभएको थियो तर अहिले आफूले बोलेको कुरा र जनताको चाहाना विपरीत जानुभएको छ । संसदले पारित गरेको निर्णयको विपरीत बोल्नुभएको छ । कांग्रेसको आफ्नो चरित्र देखाउनुभएको छ ।

कुनै पनि निर्णय गरिसकेपछि कार्यान्वयन गर्ने दायित्व हुन्छ । अहिलेको सरकार हिजोको सरकारको निरन्तरता हो । हिजोको सरकार र संसदले गरेको सबै किसिमका निर्णय नमान्ने हो भने ती बनाएका नीतिहरु, योजनाहरु कानूनहरु फेरी उहाँहरुले आफू अनुकुल बनाउने त्यो हुँदैन । कुनै पनि मुुलुकमा जसले प्रजातन्त्र, लोकतन्त्रमा विश्वास गर्छ त्योले यस्ता अभिव्यक्तिहरु दिदैन भन्ने लाग्छ । हामीलाई जनता विरोधी कुनै पनि निर्णय स्वीकार्य हुँदैन ।

भोगाधिकारको प्रक्रिया अघि बढिरहेको थियो । त्यो बेलाको प्रदेश सरकारले पनि विशेष चासो दिएन । त्यो बेलाका मुख्यमन्त्रीको नेतृत्वमा जुन सरकार थियो त्यसले पहल गर्नुपर्ने थियो । कामलाई अघि बढाउनुपर्ने, समयमै प्रस्तावहरु माथि लैजानुुपर्ने थियो । डीपीआरदेखि लिएर पर्यावरणीय मूल्यांकन सबै लैजानुपर्ने थियो । त्यो समयमै गएन । हामी प्रक्रियामा अघि बढिरहेका बेला हाम्रो पार्टी सरकरबाट बाहिरियो त्यसपछि हामीले पहल गर्न नसकेको कुरा यर्थाथ हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार