१० श्रावण २०८१, बिहीबार

राष्ट्रियता जोगाउन एमालेमा संगठित हुनुपर्छ : नेता ढकाल



धनगढी/ नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा मोर्चा संगठनका इन्चार्ज भानुभक्त ढकालले देशभक्तीपूर्ण आन्दोलन आफ्नो पार्टीले मात्र चलाएको बताएका छन् ।

नेपाल भुतपुर्व सैनिक तथा प्रहरी संगठन (नेफोन) सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशनको धनगढीमा उद्घाटन गर्दे पूर्वमन्त्री ढकालले एमाले मात्र देशभक्त पार्टी भएकोले राष्ट्रियता जोगाउन एमालेमा संगठित हुनु पर्ने बताए ।

सो संगठनका लालबहादुर रावतको अध्यक्षतमा भएको कार्यक्रममा विनोद पाण्डे, एमालेका केन्द्रीय सदस्य तथा सुदूरपश्चिमका मोर्चा प्रमुख झपट रावल, कैलाली सचिव डेजी पाण्डेय लगायतले अधिवेशनको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्मेलनले नैनबहादुर कार्कीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको छ । सो कमिटीको उपाध्यक्षमा नरबहादुर खड्का र मीनबहादुर सिंह, सचिवमा कृतबहादुर चन्द, उपसचिवमा सहवीर महतारा, उपसचिव हिक्मतबहादुर सिंह र कोषाध्यक्ष राजेन्द्रसिंह धामी छानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार