२८ आश्विन २०८१, सोमबार

नेम्वाङलाई श्रद्धाञ्जली दिन समाजवादी नेता एमाले कैलालीको कार्यालयमा



धनगढी/ नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा सदस्य तथा पूर्व सभामुख सुवास नेम्वाङप्रती श्रद्धाञ्जली अर्पण गर्न समाजवादीका जिल्ला नेताहरु एमाले कैलालीको जिल्ला कार्यालय पुगेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कैलालीका जिल्ला अध्यक्ष, सचिव सहितका नेताहरुले एमाले कैलालीको कार्यालयमा पुगेर नेम्वाङको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

नेकपा विभाजनपछि एमालेबाट छुट्टिएर समाजवादी पार्टीमा आबद्ध भएका जिल्ला अध्यक्ष विमलकुमार जोशी, सचिव दीर्घ जोशी कापडी लगायतका नेताहरु पार्टी विभाजनपछि पहिलो पटक एमाले कार्यालय पुगेका हुन् ।

सो क्रममा श्रद्धाञ्जली अर्पण गर्दै समाजवादीका अध्यक्ष जोशीले संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य स्वर्गिय सुवास नेम्वाङको मृत्युले समग्र कम्युनिष्ट आन्दोलनमा क्षति पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार