२२ बैशाख २०८१, शनिबार

ऐंचै पैचो” ले दर्शकको मन जित्दै “



काठमाडौ /बिहीबारदेखि व्यवसायिक प्रदर्शन शुरु भएको “ऐंचै पैचो” ले दर्शकको मन जितेको छ ।

सहनिर्माता विशाल चौलागाईले नेपालका प्रायः सबै ठाउँमा बिहीबार दर्शकको उत्साजनक उपस्थितिमा फिल्म चलेको छ ।
बिहीबारको दर्शकको भीड देखेपछि देशभर नै धेरै हल सञ्चालकले “ऐंचै पैचो” सो बढाएको छन् । यस्तै केहीले आजकै फिल्मको सो संख्यालाई यथावत राखेका छन् ।

आजको अवस्थाले फिल्म धेरै दिन हलमा चल्ने विश्वास निर्माता पक्षको छ ।
समसायिक राजनीतिक र वैदेशिक अवस्थालाई राम्रोसंग चित्रण गरेको “ऐंचै पैचो” नेपाली सिनेमाको श्रीमति कृषा चौलागाईले निर्देशक गरेकी हुन ।

कृषा १६ वर्षको उमेरदेखि चलचित्र निर्माणमा संलग्न छिन । उनले पहिलो चलचित्र इन्साफ निर्माण गरेकी थिएन । उनले के म तिम्रो साथी बन्न सक्छु, कसम हजुरको, पलाससम्म निर्माता भएर काम गरिन ।

त्यसपछि उनले एैना फिल्मको उनले निर्देशन गरिन । एैनाबाट राष्टिय र अन्तराष्टिय पुरस्कार पाएर उनले आफ्नो निर्देशक शैली स्थापित गर्न सफल भइन । उनी देशकै कान्छी निर्मात्री हुन । लघु बृत्तचित्र निर्माणमा पनि उनी सफल मानिन्छिन् ।
सो फिल्मको बुधबार प्रिमियर गरिएको थियो ।

“ऐंचैपैचो” फिल्ममा नेपालको सामाजिक, अहिले समसामयिक युवा राजनीति, वैदेशिक रोजगारीका पीडाको अवस्था समेत समावेश गरेको सो फिल्म केपी फिल्म प्रालिको व्यानरमा बनेको हो ।

फिल्ममा कलाकार स्वस्तिमा खड्का, वर्षा राउत, राजाराम पौडेल, मुकुल ढकाल, शुशिल सिटौला, बद्धी तामांग, काली बुढी लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार