४ जेष्ठ २०८१, शुक्रबार

मन्त्री श्रेष्ठद्वारा टीकापुरमा स्वर्गीय बालकको सालिक अनावरण



स्वर्गीय टेकबहादुर साउँदको सालिकमा माल्यार्पण गर्दै मन्त्री श्रेष्ठ र बालकका बाजे जंगबहादुर साउँद । तस्बिर : एकिन्द्र तिमिल्सेना

टीकापुर/ भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले २०७२ साल भदौ ७ गते टीकापुरमा भएको घटनामा ज्यान गुमाएका बालक टेकबहादुर साउँदको सालिक अनावरण गरिन ।

आठ वर्षअघि टीकापुरमा हिंसात्मक घटना भएको दिन पारी नागरिक उन्मूक्ति पार्टीका अध्यक्षसमेत रहेकी मन्त्री श्रेष्ठले टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर २९ स्थित निर्माणाधिन प्लानेटोरियम परिसरमा स्वर्गीय बालकको सालिक अनावरण गरेकी हुन ।

‘अबदेखि कुनै आमाले यस्तो पीडा भोग्न नपरोस यस्तो घटना नदोहोरियोस मन्त्री श्रेष्ठले भनिन, अब टीकापुर राजनीति गर्ने थलो मात्र नबनाई सद्भावपूर्ण वातावरणमा विकासतिर अघि बढाऔं यस्तो अकल्पनीय घटना नेपालमा कहिल्यै कतै नहोस, सबै शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

नेपालको संविधान जारी हुनुपूर्व २०७२ साल भदौं ७ गतेका दिन थरुहट प्रदेशको मागगर्दै भएको प्रदर्शन हिंसात्मक भएपछि वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित नौ जना प्रहरी र एक बालकको ज्यान गएको थियो । बालक टेकबहादुर साउदको शालिक नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बनाएर सो पार्टीलाई हस्तान्तरण गरेका हुन ।

प्रतिनिधि सभाको सदस्य चुनिएर पनि पाँच वर्षसम्म संसद छिर्न नपाएको भन्दै चौधरीले त्यही घटनाबाट जन्मेको नागरिक उन्मुक्ति पार्टी र टेकबहादुर साउँदका परिवारका बीचको सम्बन्ध भने सुमधुर रहेको बताए ।

‘हत्याको आरोपित रेशमलाल र बालकका बुवा बाजे एउटै मञ्चमा छु हत्यारालाई कसैले स्विकार्छ ?स्वर्गीय बालकका बुबा नेत्र साउँदलाई मञ्चमै अंकमाल गर्दै चौधरीले भने रञ्जिता मन्त्री भएपछि साउँद परिवारले मन्त्रालय पुगेरै आशिर्वाद दिनुभयो टेकबहादुर मेरो पनि छोरा हो सालिक मैले बनाउन पाउनुपर्छ भनेको थिए र बनाएँ ।

चौधरीले स्वर्गीय बालकका बाजे जंगबहादुर साउदलाई शहिद प्रहरीका घरमा पुगेर अनुमति ल्याए दिवंगत प्रहरीको सालिक पनि आफैले बनाउने बताए । टीकापुरस्थित प्लानेटोरियममा टीकापुर घटनामा दिवंगत प्रहरी र वालकको सालिक राख्न स्थान छुट्टयाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार