२० बैशाख २०८१, बिहीबार

शासकीय सुधार नभएसम्म देश विकास हुदैन : भट्टराई





टीकापुर / पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्ण समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, जनलोकपाल र क्रान्तिकारी भूमिसुधार नभएसम्म नेपालमा विकास नहुने दावी गरेका छन् ।

आइतबार टीकापुरमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भटटराईले व्यवस्था नै पूर्ण नहुँदा देशले गति नलिएको बताए । । ‘चुहिने भाँडामा जति हालेपनि बस्दैन, संघीयतापछि स्थानीय त बलियो बन्दैछ तर प्रदेश सभाहरुको अवस्था हेरौं, सरकार टिकाउनै मुश्किल छ, भ्रष्टाचार बढिरहेको छ’ भटटराईले भने, ‘म अर्थमन्त्री हुँदा अलिअलि कर्मचारीबाट हुने गडबड रोक्दा ठूलै राजश्व उठेको थियो तर दीगो भएन, अहिले सरकार चालू खर्च र ऋण तिर्नै नसक्ने अवस्थामा पुग्यो संसारको तुलनामा नेपालमा प्रतिव्यक्ति आय १० गुणा तल छ ।’

डा. भटटराईले आफू नेपालमा साम्यवाद आउदैन समाजवादी गणतन्त्रमात्रै विकल्प हो भन्दै अघि बढीसकेकाले माओवादीसंग एकता नहुने र एकताको औचित्य नभएकाले नफर्किने बताए । भटटराईले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम पूरा होला शासकीय स्वरूपमा सुधार होला भन्ने आशाले आफूले निर्वाचन क्षेत्र छोडर माओवादी अध्यक्षलाई जिताए पनि त्यसो हुने छाँटकाट छैन ।’

ललिता निवास जग्गा प्रकरणमा डा. भटटराईले आफ्नो पालामा सम्वन्धित मन्त्रालयले ल्याएको चार रोपनीको प्रस्तावमा निर्णय भएको हो । यसमा म कारवाहीको भागिदार हुनुपर्दैन, छानविन होस अदालतले जे भन्छ त्यही हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार