२० बैशाख २०८१, बिहीबार

‘काले केटा’ले गीत यो वर्षकै चर्चित हुने पूर्वमन्त्री भट्टराईको विश्वास ( भिडियो सहित )



काठमाडौ/ पूर्वमन्त्री तथा प्रतिनीधि सभा सदस्य योगेश भट्टराईले काले केटाले गीत २०८० सालकै चर्चित गीत हुने विश्वास व्यक्त गरेका छन् ।

आगामी भदौ १४ गते प्रदर्शन हुने “ऐंचै पैचो” नेपाली सिनेमाको सो गीत विहीबार सार्वजनिक गर्दे नेता भट्टराईले उक्त कुरा बताएका हुन । सो फिल्म केपी फिल्म प्रालिको व्यानरमा बनेको हो ।

उनले तिजको समय आएकोले यो गीतले सबैलाई नचाउने विश्वास गर्दे भदौ १४ पछि फिल्म हेर्न आउन समेत नेपाली दर्शकलाई आग्रह गरे ।

उनले स्थापित कलाकार स्वस्तिमा खड्का, वर्षा राउत, राजाराम पौडेल, मुकुल ढकाल, शुशिल सिटौला, बद्धी तामांग, काली बुढील लगायतको अभिनयको गीत र फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरेको बताए ।

“ऐंचै पैचो” नेपाली सिनेमा र सोही फिल्मको काले केटाले गीतको श्रीमती कृषा चौलागाईले निर्देशक गरेकी हुन ।

कृषा १६ वर्षको उमेरदेखि चलचित्र निर्माणमा संलग्न छिन । उनले पहिलो चलचित्र इन्साफ निर्माण गरेकी थिएन । उनले के म तिम्रो साथी बन्न सक्छु, कसम हजुरको, पलाससम्म निर्माता भएर काम गरिन ।

त्यसपछि उनले एैना फिल्मको उनले निर्देशन गरिन । एैनाबाट राष्टिय र अन्तराष्टिय पुरस्कार पाएर उनले आफ्नो निर्देशक शैली स्थापित गर्न सफल भइन । उनी देशकै कान्छी निर्मात्री हुन । लघु बृत्तचित्र निर्माणमा पनि उनी सफल मानिन्छिन् ।

पछिल्लो समयमा श्रीमति कृषाले ऐंचौपैचो निर्देशन गरेकी हुन । सो फिल्मको निर्माता विशाल चौलागाई हुन । चौलागाईले २४ घण्टामा १० लाख बढीले गीत हेर्ने विश्वास गरे । काले केटा गीत तीन दिन लगाएर सुटिंग गरिएको छ । सुटिंगमा हरेक दिन ३०० जना सहभागी थिए ।

“ऐंचैपैचो” फिल्ममा नेपालको सामाजिक, अहिले समसामयिक युवा राजनीति, वैदेशिक रोजगारीका पीडाको अवस्था समावेश गरेको निर्माता विशाल चौलागाइले बताए । सो फिल्म र गीतको छायांकन नेपालकै उत्कृट छायाकार पुरुषोत्तम प्रधानले गरेका हुन ।

सो गीत अहिलेसम्मकै ठूलो लगानी ८० लाखमा बनेको चर्चा छ । “ऐंचैपैचो” फिल्ममा भने तीन करोड लगानी भएको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार