८ पुष २०८१, सोमबार

गुजरातमा नेपाली नागरिकको बेवारिसे लास



धनगढी/ भारतको गुजरातस्थित सुरतमा एक नेपाली नागरिकको बेवारिसे लास भेटिएको छ। सुरतको स्मिमेर मेडिकल कलेजमा अन्दाजी ४५ वर्षीय नेपाली नागरिकको बेवारिसे शव रहेको पाइएको हो।

प्रवासी नेपाली संघ गुजरात राज्य समितिका अध्यक्ष अजेय तिमिल्सेनाका अनुसार पहिचान खुल्न नसकेर सो शव बेवारिसे बनेको हो। उनले कसैले पहिचान गर्न सके सम्पर्कमा आउन आग्रह गरेका छन्।

जसका लागि ९८७५२७२७१४ मा सम्पर्क गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार