३१ भाद्र २०८१, सोमबार

कैलालीमा ८ वर्षदेखि भागिरहेका युवक पक्राउ



धनगढी/ कैलालीमा ८ वर्षदेखि फरार रहेका युवक पक्राउ परेका छन् ।

सार्वजनिक मुद्दामा पाँच हजार रुपैयाँ जरिवाना तोकिएका जिल्लाको गोदावरी नगरपालिका–३ का ३५ वर्षीय आर्यन बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बोहरालाई २०७२ चैत्र २३ गते जरिवाना तोकेको थियो । उनलाई कारबाहीका लागि अदालतमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार