२० बैशाख २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित



धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट शनिबार राति पास भएको छ ।

राति १० बजेपछि सम्म बसेको बैठकले बजेट पास गरेको हो । बजेटको पक्षमा ३९ र विपक्षमा राप्रपाको एक परेको थियो ।

पक्षमा कांग्रेसका १८, माओवादीका १०, नागरिक उन्मक्तीका सात र एकीकृत समाजवादीका चार जनाले मतदान गरेका थिए ।

५३ सदस्यीय प्रदेश सभामा एक जनाको निधन भएको, सभामुख, उपसभामुखले मतदानमा भाग लिएनन् भने एमालेका ९ जना र एक स्वतन्त्रले बैठक बहिस्कार गरेका थिए ।

बजेट पारित हुन २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्दथ्यो । अर्को बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार