१९ बैशाख २०८१, बुधबार

राप्रपाकी विष्टलाई सार्वजनिक लेखा समितिको सभापति बनाउने सहमति



धनगढी/ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र स्वतन्त्र प्रदेश सभा सदस्यले बजेट पास गर्नका लागि बोलाइएको प्रदेश सभा बैठक बहिस्कार गरेपछि राप्रपाकी खेमादेवी विष्टलाई सार्वजनिक लेखा समिति सभापति बनाउने गरेर बैठकमा उपस्थित गराइएको छ ।

प्रतिपक्ष विना बैठक राखेर बजेट पास गर्दा नैतिक प्रश्न उठ्ने भएपछि राप्रपा कि विष्टलाई अनुरोध गरेर नै प्रदेश सभा बैठकमा बोलाइएको हो ।

स्रोतका अनुसार मुख्यमन्त्रीले प्रदेश सभा सदस्य विष्ट र राप्रपाका छत्र शाहीलाई भेटेर समितिको सभापति बनाउने बचन दिएका छन् । समितिको सभापतिका विषयमा केन्द्रीय अध्यक्ष राजेन्द्र लिंगदेन र प्रदेश अध्यक्षलाई पनि सहमत गराइएको बताइन्छ ।

सामान्यतया सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षलाई दिने चलन छ । एमालेले प्रदेश सभा बहिस्कार गरेकोले राप्रपालाई सभापति बनाउने नीति सरकारले अख्तियार गरेको स्रोत दावी छ ।

हामीले एमालेलाई पनि बैठक नछोड्ने भनेका थियौ मानेनन् , गम्भीररुपमा लिएनन् त्यसैले विष्टलाई फकाउनु पर्यो सोही स्रोतले् बताएको छ ।

राप्रपाका प्रदेश सभा सदस्य विष्ट र शाहीसितको छलफलमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाही र एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी समेत सहभागी रहेको स्रोतको भनाइ छ ।

प्रदेश सभाबाट शनिबार राती ७ : ३० मुख्यमन्त्री शाह आफ्नो गाडी र सुरक्षाकर्मीको टोली छोडेर अर्थमन्त्रीको शाहीको गाडीमा पूर्वी दिशामा गएका थिए । सो गाडीमा नेता सोडारी पनि थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार