७ पुष २०८१, आईतवार

सांसद ओलीले भने –बजेटमा मन्त्री क्षेत्र विकास कार्यक्रम भनेर राख्नुस्



धनगढी/ सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य शिवसिंह ओलीले प्रदेश सरकारले ल्याएको बजेट संशोधन गर्नुपर्ने माग गरेका छन् ।

प्रदेशसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै ओलीले असन्तुलित रुपमा ल्याएको बजेट संशोधन गर्नुपर्ने माग गरेका हुन् ।

उनले सरकारले पुर्वाधार विकास कार्यक्रमका नाममा निर्वाचन क्षेत्रमा तीन करोड बजेट हालेर बाँकी बजेट मन्त्रीहरुले आफ्नो क्षेत्रमा केन्द्रीत गरेकोप्रती गुनासो गरे ।

ओलीले पूर्वाधार विकास कार्यक्रम काटेर मन्त्री क्षेत्र विकास कार्यक्रम राख्न सरकारलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार