७ पुष २०८१, आईतवार

मुख्यमन्त्रीलाई सदनको विश्वास छैन : सांसद पाठक



धनगढी/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दलका सांसदले प्रदेशसभामा अहिलेको बजेटलाई समर्थन गर्न नसकिने बताएका कारण मुख्यमन्त्री कमलबहादुर शाहमाथि नैतिक प्रश्न उठेको बताएको छ ।

बिहीबार बसेको प्रदेशसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै बोलेका एमालेका प्रदेशसभा सदस्य मुख्यमत्रीमाथि नैतिक प्रश्न उठाएका हुन् ।

‘सत्तापक्षका सांसदले नै यो सरकारले ल्याएको बजेटलाई समर्थन गर्न नसकिने भन्दै विरोध गर्नुभएको छ । मुख्यमनत्रीप्रती यो सदनको विश्वास छ कि छैन ?,’ पाठकले भने, ‘उहाँमाथि नैतिक संकट परेको छ । उहाँसँग विश्वासको मत छ कि छैन ?

पाठकले सरकारले नेता र मन्त्री विशेषका क्षेत्रमा मात्र बजेट हालेको भन्दै प्राथमिकतालाई कुनै ध्यान नदिइएको बताए । बजेट दिशाहिन र गन्तव्यहिन भएको पाठकको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार