३ आश्विन २०८१, बिहीबार

यो बजेटले चुम्बकले जस्तै आफू भन्दा बाहिर रहेको स्रोतलाई तान्ने छ : आर्थिकमन्त्री शाही



धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले बजेटमाथि छलफलको प्रस्तावको क्रममा मंगलबार संक्षिप्त मन्तव्य राख्दै यो बजेटले सुदूरपश्चिमको नयाँ यात्रा (डिपार्चर) को आधार तय गरेको दाबी गरेका छन् ।

स्रोतको सीमितताका कारण हामीले कतिपय योजना समावेश गर्न सकेनौं , उनले भने ,तर, यो आधार निर्माणको बजेट हो र यसले आधार सृजना गर्ने छ ।

उनले वितरणको काम जटिल रहेको आफूले अनुभव गरेको बताउदै बजेट गर्व गर्ने खालको आएको बताए । यद्यपी तलबाट आएका, प्रदेश सभा सदस्यले दिएका योजना सम्वोधन गर्न नसकेको उनले बताए ।

बजेटको आकार सानो भए पनि पथार्थपरक रहेको उनले बताए । चुम्बकले अरु बस्तुलाई ताने जस्तै गरेर यसले आफू भन्दा बाहिरबाट रहेको स्रोतलाई तान्ने विश्वास उनले व्यक्त गरे । बजेटका विषय महत्वपूर्ण रहेको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार