४ आश्विन २०८१, शुक्रबार

बजेट बारे छलफल गर्न प्रदेश सभा बैठक बस्दै



धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट बारे मंगलबारदेखि छलफल हुने भएको छ ।

बजेटमा सत्तारुढ पक्षको असन्तुष्टी बारे छलफल गर्दे भइरहन्छ े प्रदेश सभा बैठक पनि चलाउदै गरौ भन्ने मनसायले बैठक सञ्चालन हुने नेकपा (एकीकृत समाजवादीका) उपनेता प्रकाशबहादुर रावलले बताए ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) , नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले सोमबार दिउँसो यथास्थितीमा बजेट पारित गर्न नसकिने निर्णय गरेपछि मुख्यमन्त्रीले राती नै ती दलका नेताहरुसंग बजेट पास गराउने हिसावल छलफल चलाइ रहेका छन् ।

प्रदेश सभाका सूचना अधिकारी युवराज जैसीले मंगलबार ३ बजे बैठक हुने तय भएको बताए । तर अहिलेसम्म प्रदेश सभामा कुनै्र चहलपहल छैन ।

स्रोतका अनुुसार ४ बजेतिर बैठक बस्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार