३ आश्विन २०८१, बिहीबार

प्रेस युनियन कैलालीको अध्यक्षमा ओझा निर्वाचित



धनगढी/ नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम ओझा निर्वाचित भएका छन् मंगलवार धनगढीमा भएको प्रेस युनियनको छठौँ जिल्ला अधिवेशनबाट ओझा अध्यक्ष निर्वाचित भएका हुन ।

प्रेस युनियन कैलालीको उपाध्यक्षमा सुनिल आउजी, महिला उपाध्यक्षमा अनिता चौधरी, सचिवमा शंकर बोहरा, कोषाध्यक्षमा गगन अयडी र सह सचिवमा रमा चन्द चयन भएका छन् ।

खुल्ला सदस्यहरुमा शेरबहादुर ऐर, रमेश अयडी, राजकुमार साउँद, पदमराज भट्ट, पुस्कर पौडेल र केशबसिँह धामी चयन भएका छन्। महिला सदस्यमा शारदा फुलारा जैशी, यमुना सावद र भगवती सुनार चयन भएका छन् ।

यस्तै आदीवासी जनजातीबाट जीवन चौधरी सदस्य चयन भएका छन्। सौरव राना मधेसीबाट र अल्पसंख्यकबाट विवेक नागरी सदस्य चयन भएका छन्। प्रेस युनियन कैलालीले सर्वसहमतिमा जिल्लाको नयाँ नेतृत्व छनौट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार