३१ भाद्र २०८१, सोमबार

होटल सञ्चालक कारागारमा लागुऔषधसहित पक्राउ



धनगढी/ कैलाली कारागारमा कैदीलाई भेट्न गएका एक युवक लागुऔषध ब्राउनसुुगरसहित पक्राउ परेका छन् ।

डोटीको बोगटान गाउँपालिका–१ घर भएर धनगढीमा होटल सञ्चालन गर्दै आएका २५ वर्षीय भीम बोगटीलाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए ।

उनकाअनुसार बोगटी जबरजस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका ३१ वर्षीय करन बमलाई भेट्न कैलाली कारागारमा पुगेका थिए । चेकजाँचका क्रममा बोगटीले स्याम्पुको डिब्बामा लुकाएर ल्याएको १३ ग्राम ब्राउनसुगरसहित बरामद गरिएको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालयले नियनत्रणमा लिएर अनुसन्धान गरिरहेको छ । केही दिन अघि कैलाली कारागारमा छोरालाई भेट्न गएकी एक महिला बिस्कुटमा लागुऔषध लुकाएर लैजाने क्रममा पक्राउ परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार