६ जेष्ठ २०८१, आईतवार

भ्रष्टाचारका विषयमा जस्तो सुकै परीक्षा दिन तयार छौ : एमाले उपमहासचिव ज्ञवाली



धनगढी/ नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले रामायणमा सीताले परीक्षा दिएजस्तै भ्रष्टाचारका विरुद्धमा एमालेले जस्तोसुकै परीक्षा दिन तयार भएको बताएका छन् ।

बुधबार धनगढीमा आयोजित एमालेको जनसंगठन समन्वय संयन्त्रको प्रथम सुदूरपश्चिम भेलामा बोल्दै उनले भने, एमालेले कुनै गल्ती नगरेको छैन सबै खालका अनियमिततामा छानविन हुनुपर्छ, राजनीति आग्रहले मात्र काम गर्नु हुँदैन ।

उनले एमालेमाथि चौतर्फी घेरावन्दी भएको बताउदै एमालेले देशका हीतमा धेरै काम गरेको र राष्ट्रियता जोगाएको बताए । उनले समाजवादी मोर्चा बारे टिप्पणी गर्दे समाजवाद छोडेकाले समाजवादी हौ भन्नु गलत भएको संकेत गरे । समाजवादी हौ भन्ने कांग्रेसलाई फाइदा गर्ने यस्ता दलहरु समाजवादी हुन सक्दैनन् उनले भने ।

उनले जनतासंग जोडिएका सवाल उठाएर जनता र विभिन्न क्षेत्रका मानिसलाई पार्टीसंग जोड्न पनि जनसंगठनहरुलाई निर्देशन दिए ।

एमालेको जनसंगठन समन्वय संयन्त्रको सुदूरपश्चिमका इन्चार्ज झपट रावलको अध्यक्षतामा भएको सो भेलामा संयन्त्रका केन्द्रीय इन्चार्ज भानुभक्त ढकालल लगायतले बोलेका थिए । सो कार्यक्रममा एमालेका प्रदेश सचिव धर्मराज पाठकले स्वागत गरेका थिए ।

भेलामा नौ वटै जिल्लामा एमालेका जनसंगठनको अवस्था बारे नौ वटै जिल्लाका प्रतिनीधिहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलाले समसामयिक प्रस्तावहरु पनि पारित गरेको छ । ती प्रस्तावमा सरकारलाई निर्णय सच्याउँदै शहीद दशरथ चन्द राष्ट्रिय स्वाथ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न आग्रह गरिएको छ ।

सुदूरपश्चिम प्रदेशबासीको आफ्नै प्रदेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने र दक्ष जनशक्ति सहितको स्वास्थ्य सेवा पाउने पाउने अधिकार प्रत्याभूत गर्न जोडदार माग गर्दछ प्रस्तावमा भनिएको छ ।

सुदूरपश्चिम प्रदेशमा मनसुनी बर्षा शुरु भएको छ । मनसुनी वर्षसंगै बाढी र पहिरोको जोखिम बढेको छ । वर्षातको समयमा हुने बाढी र पहिरोको पूर्व तयारीमा लाग्न भेला प्रदेश सरकार तथा नेपाल सरकारसंग अनुरोध गर्दछ ।

बाढी र पहिरोबाट बच्ने र क्षति कम गर्ने गरी पूर्व तयारीका काममा सबै जनसंगठन लाग्ने भेला प्रतिवद्धता व्यक्त गर्दछ । साथै गत बर्षको पहिरोमा परि विस्थापित भएका चुरे गाउँपालिकाका पहिरो पीडितहरुको पुनस्थापना गर्न माग गर्दछ सो प्रस्तावमा उल्लेख छ ।

प्रस्तावमा मनसुन शुरु भएसंगै रोपाइँ शुरु भएको छ । सुदूरपश्चिम प्रदेशका किसानहरुले रोपाईँ शुरु भइसकदासम्म पनि मलखाद पाउन सकिरहेका छैनन् त्यसैले आवश्यक मलखादको आपुर्ति व्यवस्था सहज बनाउन नेपाल सरकारसंग जोडदार माग गरिएको छ ।

भेलाले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माण गर्दा बजेटको सिद्धान्त र प्राथमिकता भन्दा बाहिर गएर केही निश्चित नेताहरुको मिलेमतो बजेट आएको ठहर पनि गरेको छ ।

प्रदेश सरकारको बजेट समानुपातिक विकास पाउने संविधान प्रदत्त जनताको हक समेत बर्खिलाप छ । बजेटले क्षेत्रीय सन्तुलनको सिद्धान्तलाई उल्लघंन गरेको छ । तल्लो तहबाट छनौट भइ आएका योजना नसमेटिुनु, केही निश्चित नेताहरुका निर्वाचिन क्षेत्रमा बढी बजटे पर्नु र टुक्रे योजनाहरुमा बजटे पर्नुले यो बजेट जन अपेक्षा र प्रदेशको आवश्यकता बिपरित रहेको ठहर पनि भेलाले गरेको समसायिक प्रस्तावमा उल्लेख छ । भेलाले तत्काल यो बजटे संशोधन गर्नसुदूरपश्चिम प्रदेश सरकारसंग माग गरेको पनि सो प्रस्तावमा उल्लेख छ ।

यस्तै गरे २०७९ कात्तिक २२ गते डोटीमा गएको भूकम्पबाट पिडीत भएका परिवार हाल सम्म पनि अलपत्र अवस्थामा रहकोले उनीहरुलाई राहत तथा तत्काल पुनःस्थापनाको काम गर्न, दलित, भूमिहीन, अब्यवस्थित बसोबासी, मुक्त कमैया, मुक्त हलिया, मुक्त कम्लरी लगायतको बसोबास र पुनःस्थापना ब्यवस्था मिलाउन, भ्रष्टाचार र महङ्गी नियन्त्रण गर्न, सुदूरपश्चिम प्रदेश सभाले निर्धारण गरेको प्रदेशको राजधानी तोकिएको स्थानमा माग पनि गरेको जनसंगठन समन्वय संयन्त्रको सुदूरपश्चिमका इन्चार्ज झपट रावलद्धारा हस्ताक्षरित प्रेस सामाग्रीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार