३ आश्विन २०८१, बिहीबार

एमाले कैलालीको अधिवेशन मङ्सिर २ र ३ हुने



धनगढी/ नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आगामी मङ्सिर २ र ३ गते हुने भएको छ ।

धनगढीमा सोमबार भएको जिल्ला कमिटीको पूर्ण बैठकले आगामी मङ्सिर २ र ३ गते गर्ने जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

एमाले कैलालीका सचिव डेजी पाण्डेले बैठकले प्रदेश र जिल्लाका इन्चार्जको विदाइ र नयाँको स्वागत समेत गरेको बैठकले जिल्ला अधिवेशन मङ्सिर २ र ३ गते आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले सङ्गठन विभागलाई पूर्णता दिएको छ । आर्थिक विभाग र लेखा आयोगसमेत गठन गरिएको छ । यस्तै गरेर केही कार्यकर्तालाई जिल्ला कमिटीमा मनोनयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार