३ आश्विन २०८१, बिहीबार

बझाङमा मन्त्री सिंह दम्पतीको दाहसंस्कार



बझाङ/ सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह दम्पतीको अन्त्येष्टि गरिएको छ । शनिवार सेती नदी किनारको डुङग्री आर्यघाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको हो ।

परराष्ट्रमन्त्री एनपी साउद, मुख्यमन्त्री कमलबहादुर शाह, बझांग सांसद भानुभक्त जोशी, बाजुराका सांसद बद्री पाण्डे पनि श्रद्धाञ्जली दिन बझाङ पुगेका छन् । जिल्ला अस्पतालबाट सुरु भएको शवयात्रामा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयवासी लगायतको सहभागिता थियो ।

गत मंगलबार धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउज जयाको मृत्युु भएको थियो । मृतक जया सिंहको अन्तिम संस्कार महेन्द्रनगरमा गरिएको थियो भने मन्त्री सिंहका कान्छा छोरा अमेरिकामा रहेकाले उनलाई पर्खिएर आज मन्त्री दम्पतीको दाहसंस्कार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार