३ आश्विन २०८१, बिहीबार

एमाले सुदूरपश्चिमद्धारा इन्चार्ज भट्टको बिदाई, विश्वकर्मालाई स्वागत, भदौँमा अधिवेशन



धनगढी / नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको अधिवेशन अगामी भदौँ २२ र २३ गते गर्ने निर्णय गरेको छ । शुक्रबार धनगढीमा बसेको एमाले प्रदेश कमिटिको बैठकले भदौँ २२ र २३ गते गर्ने निर्णय गरेको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।

बैठकले २०८० लाई अधिवेशन वर्षका रुपमा मनाउने निर्णय समेत गरेको छ । मंसिर मसान्तभित्र जिल्ला अधिवेशन, माघ मसान्तसम्म पालिका अधिवेशन र चैत मसान्तसम्म वडा अधिवेशन सम्पन्न गर्न मातहतका कमिटीलाई निर्देशन दिने निर्णय समेत भएको प्रदेश सचिव पाठकले बताए ।

बैठकमा प्रस्तुत भएको वार्षिक वर्षिक कार्य योजनाअनुसार सदस्यता नवीकरणलाई अन्तिम रुप दिने तथा प्रचारप्रसारको कामलाई तीव्रता दिदै पार्टीको वैचारिक स्कुल चलाउने निर्णय समेत गरिएको छ ।

शुक्रबारको बैठकमा पार्टी केन्द्रले गरेको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशका इन्चार्ज तोकिएका केन्द्रीय सचिव छविलाल विश्वकर्मालाई स्वागत गरेको छ भने कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी तत्कालीन सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्टको बिदाई पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार