१५ कार्तिक २०८१, बिहीबार

कम्युनिष्ट पार्टीद्धारा धनगढीका शेख मुनिरको घर कब्जा



धनगढी / धनगढीका शेख मुनिर अहमदको शनिवार धनगढी–१ पशुपति टोलमा रहेको घर कब्जामा लिइएको छ । नेपाल कम्युनिष्ट पार्टीले सो घर आफूहरुले कब्जामा लिएको सूचना टाँसेको हो ।

मुनिरको घरमा सूचना टाँस गर्दै सो पार्टीले जनताको आग्रहमा घर कब्जामा लिएको उल्लेख गरेको छ । सयौं जनालाई घरवारविहीन बनाउने, कयौंलाई आत्महत्या गर्न बाध्य पार्ने तथा कयौंलाई बेपत्ता हुन बाध्य बनाउने कुख्यात मिटरव्याजी शेख मुनिर अहमदको घरजनताको आग्रह र सहभागितामा जन नियन्त्रणमा लिइएको छ सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा कुख्यात अपराधीका अन्य चल–अचल सम्पत्तिको सूचना पाउने बित्तिकै जफन गरिने पनि उल्लेख छ । र, सो सम्पत्तिको स्वामित्व पनि पीडित जनतामै रहनेछ । नेपाल कम्युनिष्ट पार्टीले शेखमुनिर अहमदलाई कुख्यात मिटरव्याजीको संज्ञा दिएको छ ।

शेखमुनिरले भने आफूले चन्दा नदिदा त्यस्तो हर्कत गरेको प्रतिक्रिया दिए । उनले सो पार्टीले आफूसित पाँच लाख मागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार