१४ बैशाख २०८१, शुक्रबार

शुन्य समयलाई विषेश जस्तो बनाएपछि एमालेद्धारा बैठकमा अवरोध, बैठक स्थगित




धनगढी/ लामो समयपछि शुरु भएको सुदूरपश्चिम प्रदेश सभाको बैठक एमालेको अवरोधका कारण केही समयका लागि स्थगित भएको छ ।

शुन्य समयलाई विशेष समय जस्तो बनाएपछि एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले नियमापत्ति गरेका थिए । उनको नियमापत्तिपछि पनि विशेष समयझै गरेर बैठक चलेपछि एमालेका प्रदेश सभा सदस्यले वैठक अवरुद्ध गरेका थिए ।

बैठक चलाउने तरिका ठिक नभएको भन्दै एमालेका दलका नेता राजेन्द्रसिंह रावल बोल्नका लागि बोलाउदा पनि रोस्टममा गएनन् । उनले फ्लोरबाटै बोल्दै बैठक अवरुद्ध भएको बताएका थिए ।

एमालेको अवरोधपछि सभामुख भीमबहादुर भण्डारीले केही समयका लागि बैठक स्थगित गरेका छन् । एमालेले शुन्य समय हो कि विशेष समय हो भनेर निक्यौल गर्न माग गरेको छ । कार्य सूचीमा भने शुन्य समय लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार