९ पुष २०८१, मंगलवार

जेठ ६ गते पूर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन हुँदै




धनगढी/ पूर्व राजा ज्ञानेन्द्र शाह र उहाँकी धर्मपत्नि कोमल शाहको जेठ ६ गते धनगढीमा नागरिक अभिनन्दन हुने भएको छ ।

अभिनन्दन मूल समारोह समितिका संयोजक जयन्त चन्दका अनुसार जेठ ६ गते पूर्व राजाको अभिनन्दनका गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

पूर्व राजाको परिवार सो कार्यक्रमका लागि जेठ ५ गते नै धनगढी आइपुग्ने बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा चन्दले बताए ।

राजपरिवार स्रोतका अनुसार ज्ञानेन्द्र पुत्र पारस शाहबाहेकका पूर्व राजाको परिवारका सबै सदस्य धनगढी आउदै छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार