१६ कार्तिक २०८१, शुक्रबार

नेकपा (एस) का युवा र विद्यार्थीकोद्वारा धनगढीमा विरोध प्रर्दशन



धनगढी/ नेपालीलाई नक्कली भुटानी बनाएर अमेरीका पठाउने गिरोहलाई कार्वाहीको माग गर्दै युवा संघ नेपाल सुदूरपश्चिम र अनेरास्ववियूले धनगढीमा प्रर्दशन गरेको छ।

संघका प्रदेश अध्यक्ष बाबुराजा श्रेष्ठका अनुसार धनगढीको पार्कमोडदेखि एलएनचोकसम्म नारावाजीसहित युवाको जुलुस कोणसभामा परिणत भएको थियो।

कोण सभालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) कैलाली जिल्ला कमिटीका उपसचिव दीर्घ जोशीले भ्रस्टाचारीलाई कुनै पनि बाहनामा उम्कन नदिन माग गरेका थिए। सरकारले भ्रस्टचारीलाई कार्वाहीको प्रक्रिया अघि बढाएको भन्दै जनताले साथ दिने उल्लेख गरे।

प्रहरीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गरेको भन्दै तत्कालिन गृहमन्त्री बालकृष्ण खाँड, सचिव टेकनारायण पाण्डे लगायतकालाई पक्राउ गरिसकेको छ। कार्यक्रमको सञ्चालन युवा संघ नेपालका प्रदेश सचिव मोहन साउदले गरेको थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार