८ पुष २०८१, सोमबार

अमेरिकाविरुद्ध जनमोर्चाको मेचीमहाकाली अभियान



धनगढी/ नेपालमा अमेरिकी हस्तक्षेप बढेको भन्दै त्यसका विरुद्ध राष्ट्रिय जनमोर्चाले मेची–महाकाली अभियान सञ्चालन गर्ने भएको छ ।

जनमोर्चाका महासचिव मनोज भट्टका अनुसार कञ्चनपुर र बाग्लुङबाट एकै पटक ‘अमेरिकी साम्राज्यविरुद्ध मेची–महाकाली अभियान’ शुरु गरिने भएको छ । आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले सो जानकारी दिइएका हुन ।

महासचिव भट्टले अमेरिकी साम्राज्यविरुद्धको बढ्दो खतराको गम्भीरतामाथि ध्यान दिँदै मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि देखिएको खतराका विरुद्ध जनजागरण सञ्चालन गर्ने उद्देश्यले अभियान गर्ने निर्णय गरेको बताए ।

जेठ १ गतेदेखि सञ्चालन हुने अभियानअन्र्तगत विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम, कोण सभा, विरोध सभा, पत्रकार सम्मेलन तथा जनभेटघाटका विविद कार्यक्रमहरु गरि जेठ १५ गते एकै दिन बुटवल र काठमाडौंमा समापन गरिने उनले बताए ।

पहिलो टोलीको महेन्द्रनगरदेखि सुर्खेतसम्म राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, तुलसीपुरदेखि बुटवलसम्मको नेतृत्व उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, बाग्लुङबाट हुने अभियानको नेतृत्व युवा नेता कृष्ण अधिकारी र बारादेखि काठमाडौसम्मको नेतृत्व सचिव हिमलाल पुरीले गर्ने गरेर अभियान सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ ।

महासचिव भट्टले भने – रवि लामिछाने पनि अमेरिकाकै इसारामा स्थापित भएको बताउदै, अमेरिकाकै निर्देशनमा क्रिचेनहरुले लामिछानेको पार्टीमा भोट हालेको छन् । उनले भने हल्लाखल्लाले गर्दा केही छिटपुट अन्य खालका मानिसले पनि रविलाई भोट हालेको बताए ।

अमेरिकाले आफ्नो स्वार्थका लागि काँग्रेसको गगन थापा र रबिको एकता गराउन सक्ने धारणा पनि महासचिव भट्टको थियो ।

महासचिव भट्टको दावी छ , अमेरिकी साम्राज्यवादका विरुद्धको संघर्षलाई अगाडि बढाउन ध्यान दिन नसकिएमा देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि गम्भिर आघात पुग्ने स्थिति देखा परिरहेको छ ।

उनले भने लामो समयदेखि भारतीय साम्राज्यवाद विरुद्ध संघर्ष गर्दै आउनुपरे पनि अमेरिकी साम्राज्यवादका विरुद्ध यसरी संघर्ष गर्नुपरेको थिएन । तर, अव नेपालको राष्ट्रियतालाई भारतीयबाट मात्र नभएर अमेरिकीबाट समेत खतरा उत्पन्न भइरहेको छ ।
अमेरिकी साम्राज्यवाद हिन्दप्रशान्त क्षेत्रमा भारतलाई सुरक्षा साझेदार बनाएर चीन, उत्तर कोरिया तथा रुसका विरुद्ध मोर्चाबन्दी गर्न हिन्दप्रशान्त सैन्य रणनीति अन्र्तगत काम गरिरहेको नेता भट्टको दावी छ ।

अमेरिकाद्धारा नेपालमा सञ्चालित अन्तराष्ट्रिय गैरसरकारी संस्था, नेपालमा लोभप्रलोभन र भ्रममा पारेर धर्मान्तरणलाई तिव्र पारी इकाइकरणको माध्यमद्धारा, संसदद्धारा पारित गरिएको एमसिसी सम्झौता नेपालमा आफनो सेना उतार्न अमेरिकाले गरिरहेको विभिन्न षडयन्त्र, संविधान निर्माणको क्रममा पहिचानको राजनीति, एक मधेश एक प्रदेश, जातीय राज्यसहितको संघियताको एजेन्डालाई नेपालमा लागु गर्न पश्चिम शक्तिहरुको व्यापक रुपमा गरेको आर्थिक लगानी र पछिल्लो समयमा नेपालका सुक्ष्म व्यवस्थापन गर्न अमेरिकाद्धारा कथित स्वतन्त्र पार्टीको निर्माणबाट पनि अमेरिकाले नेपालमा आफनो प्रभुत्व बढाउदै लगेको छ सो पार्टीद्धारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

नेता भट्टले अमेरिकाको दवाव थेग्न नसकिएपछि नक्कली भुटानी शरणार्थी प्रकरणको कारवाही अघि बढेको चर्चा गरे । उनले भने संधै सोचे जस्तो हुन्न अदालतले गर्दा रबिको पद गयो नत्र यो कारवाही रबि गृहमन्त्री हुँदै गराइने थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार