१६ कार्तिक २०८१, शुक्रबार

फ्लाई दुबई जहाज सुरक्षित रहेको र आफ्नो गन्तव्यतर्फ गएको मन्त्री किराँतीको दावी



काठमाडौ/ त्रिभुवन विमानस्थलबाट उडेको फ्लाई दुबईको सुरक्षितरुपमा आफ्नो गन्तव्यमा गएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

जहाजमा समस्या आएपछि नेपालको केही समय आकाशमै होल्ड भएको जहाज पुनस् दुबई तर्फ प्रस्थान गरेको हो ।

‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा,’ मन्त्री किरातीले भनेका छन्।

काठमाडौ‌को विमानस्थलबाट ९ ः २३मा उडेको जहाजको एउटा इन्जिनमा आगलागी भएको थियो। काठमाडौं र ललितपुरबाट उक्त जहाजमा आगो लागेको समेत देखिएको थियो।

जहाजमा आगलागी भएपछि उसलाई नेपालकै आकाशमा होल्ड गरिएको थियो। एउटा इन्जिनमै सुरक्षितसँग दुबई पुग्न सकिने भएपछि उक्त जहाजलाई जान दिइएको हो।

काठमाडौकै आकासमा एयर अरबिया, मलेसियन एयर, सिंगापुर एयर, बुद्ध एयरका चारवटा जहाज नेपालकै आकाशमा होल्ड गरिएका छन‍्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार