२४ बैशाख २०८१, सोमबार

यौन दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ, एसपिएले कारवाही गर्यो



धनगढी / धनगढीको सुदूरपश्चिमाञ्चल कलेज (एसपीए) मा अध्ययनरत युवतीसँग सामाजिक सञ्जाल फेसबुकमा अश्लिल कुरा गरेको आरोपमा प्रहरीले पक्राउ गरेका प्राध्यापकलाई सो कलेजले कारवाही गरेको छ ।

एसपीए कलेजमा प्ल्सटु अन्तरगतको कार्यविधि कानुन विषय पढाउने प्राध्यापक चेतराज भट्टले अश्लिल कुराकानी गरेर दुव्र्यवहार गरेको गुनासोपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई रातदिन टर्चर दिने गरेको र अनालाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ । छात्राहरुलाई भिडिओ र म्यासेजमार्फत अश्लिल कुरा गर्ने गरेको गुनासोपछि भट्टलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बताए ।

सोही विषयलाई लिएर पीडित छात्राहरुका आफन्त, साथी र विद्यार्थीहरुले सोमबार दिउँसो कलेजमा विरोध जनाएका थिए । त्यसपछि वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनलाई समातेर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो ।

पीडित किशोरीले आफूलाई भट्टले दुर्व्यवहार गर्ने गरेको कुरा फाइनान्स विषयको कोर्डिनेटर म्यामलाई जानकारी गराएपनि उनले घटना ढाकछोप गर्न दवाव दिएको बताइन् । आफूलाई पटकपटक दुर्व्यवहार भएपछि घटना सार्वननिक गर्न बाध्य भएको उनको दाबी छ ।
यसैवीच सो कलेजले एक प्रेस विज्ञप्ती जारी गर्दे कलेजले ती प्राध्यापकलाई बचाउन नखोजेको बताएको छ । कलेजका प्राचार्य योगराज गौतम जारी गरेको विज्ञप्तीमा ती प्राध्यापकको नाम उल्लेख नगरेर उनलाई कारवाही स्वरुप पदमुक्त गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार