२ जेष्ठ २०८१, बुधबार

आकार लिदै जातीय संग्रहालय



टीकापुर/ जानकी गाउँपालिका वडा नम्बर ९ मा निर्माणाधिन नेपाल जातीय संग्रहालय आकार लिन थालेको छ ।

२०७१ चैतमा दर्ता भएको नेपाल जातीय संग्रहालय तीन बिघा जमिनमा गुरु योजना बनाई संग्रहालय निर्माण भैरहेको छ । सुदूरपश्चिमका हिमाल पहाड र तराईका संस्कृति झल्काउन र सम्झाउन यहाँ विभिन्न सम्पदा निर्माण र संकलन गर्न थालिएको छ ।

यहाँ मध्यपहाडी क्षेत्रकै नमूना पथरी घर, तराईका थारुको पौराणिक घर, सिमान्तकृत राजी समुदायको घर, अडिटोरियम हल, टीकट काउण्टर, घेरा पर्खाल बनिसकेका छन् । मुख्य म्यूजियम हल बन्दै छ ।

नौ वटै जिल्लाका हरेक जाती, समुदायका सांस्कृतिक र पुरातात्विक महत्वका सामग्रीहरु राख्न ३६ कोठाको दुई तले भवन निर्माधिन अवस्थामा छ ।

यसअघि ३० लाखको लागतमा शुरु भएको मुख्य म्यूजियम हल सम्पन्न गर्न प्रदेश सरकारले यस वर्ष ५० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटले भवन पूरा हुन सके संग्रहालयले स्वरुप लिन थाल्ने संग्रहालयका सचिव तिर्थराज उपाध्याय बताउछन् ।

८८ वर्षिय तेजबहादुर रावल स्थानीय विकासमा टेवा पुग्ने र सांस्केतिक पुरातात्विक बस्तुको संग्रह हुन्छ भन्ने लोभले जग्गा छुट्टयाएर जातीय संग्रहालयलाई दिएको र या् छिटो पूरा हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार