१७ बैशाख २०८१, सोमबार

ट्यांकर ईकाइको पाँचौ अधिवेशन




धनगढी/ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्यांकर इकाईको शनिबार धनगढीमा पाँचौं अधिवशेन भएको छ ।

अधिवेशनको प्रदेश सभा सदस्या तथा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठकले उद्घाटन गरे ।
सो अवसरमा प्रदेश सभा सदस्य पाठकले एमालेले सधै मजदुरको पारिश्रमिक र सामाजिक सुरक्षा कोषमार्फत मजदुरका कल्याणकारी योजनाको काम गरेको बताए ।

जिफन्टका प्रदेश अध्यक्ष जीतबहादुर मल्ल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश अध्यक्ष ललित चन्द, श्रम कार्यालय धनगढीका प्रमुख जनकसिंह उखेडा, नेपाल यातायात ब्यवसायी महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष टेकराज जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य पाठकले पक्षघातबाट पीडित ट्यांकर चालक जीतराम चौधरीलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संकलन गरेको २५ हजार पाँच रुपैयाँ हस्तान्तरण गरे ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ट्यांकर इकाईमा आवद्ध मजदुरहरुको निशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको धनगढी नेत्रालय र मजदुर नेताहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार