१६ चैत्र २०८०, शुक्रबार

कैलाली बहुमुखी क्याम्पसले धनगढीमा प्राज्ञिक राष्ट्रिय सम्मेलन गर्ने



धनगढी/ सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको कैलाली बहुमुखी क्याम्पस (केएमसी) ले धनगढीमा प्राज्ञिक राष्ट्रिय सम्मेलन गर्ने भएको छ । केएमसीले बिहीबार पत्रकार सम्मेलन गरेर यही चैत १८ र १९ गते हुने सम्मेलन आयोजना गर्ने जानकारी दिएको हो ।

मुलुकभरका प्राध्यापक तथा सहप्राध्याकहरुले आफ्नो अध्ययन र अनुसन्धान प्रस्तुत गर्ने केएमसीका उप–प्राध्यापक मोहनसिंह साउँदले बताए । उनका अनुसार सम्मेलनमा ६२ जनाले विभिन्न विषयमा आफ्नो प्रस्तुती राख्नेछन् । जसका लागि देश तथा विदेशबाट गरे ७६ जनाको दावी परेको थियो । त्यसमध्ये ६२ जनाले आफ्नो प्रस्तुती राख्न पाउनेछन् ।

सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय, नेपाल सांस्कृतिक विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, काठमाण्डौँ विश्व विद्यालय, गण्डकी विश्वविद्यालय र भारतको लखनउ लगायतका विश्वविद्यालयबाट ६२ जनाले आफ्नो प्रस्तुती राख्नेछन् ।

कैलाली बहुमुखी क्याम्पसको इतिहासमा पहिलो पटक सुदूरपश्चिममा सम्मेलन हुन लागेको हो । सम्मेलनमा शिक्षा, व्यवस्थापन, विज्ञान र समाज गरेर चारवटा विधालाई समेटिएको छ ।

सम्मेलनले देश विदेशका अनुसन्धानकर्ताहरुले समाजमा लुकेर रहेका कुरालाई बाहिर ल्याउन सहयोग पुग्ने विश्वास सहप्राध्यापक डा. राजेन्द्रविर चन्दले व्यक्त गरे । उनले सुदूरपश्चिममै पहिलो पटक अनुसन्धानमा आधारित सम्मेलन हुन लागेको हुँदा यहाँका नागरिकहरुलाई सहभागी भएर जानकारी लिइदिन आग्रह समेत गरेका छन् ।

सह-प्राध्यापक भुवन भण्डारीका अनुसार प्राज्ञिक राष्ट्रिय सम्मेलन कैलाली बहमुखी क्याम्पसमै आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार